LISTEN LIVE RADIO

देउखुरीकाे सिसहनियाँमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते



देउखुरीकाे सिसहनियाँमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते

सिसहनियाँ २० फागुन । दाङको देउखुरीमा आज बेलुका ६ बजे दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प १६४२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५२ प ५९७२ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ बजार स्थित प्रहरी विट अगाडी एक आपसमा ठोक्किदा सो दुर्घटना भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

दुर्घटनामा परि रा ४ प १६४२ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका ५ बस्ने वर्ष १८ का अनिस गुप्ता र पछाडी सवार गढवा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३१ क राकेश परियार गम्भीर घाइते भएका छन् ।

घाइते दुवैलाई सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । त्यसै गरी बा ५२ प ५९७२ नम्बरको मोटरसाइकल चालक बाजुरा जिल्ला बुढीगंगा नगरपालिका ४ बस्ने वर्ष २४ का योगेन्द्र बमको अवस्था भने मध्यम रहेकाले उनको सिसहनियाँमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे