LISTEN LIVE RADIO

दोस्रो वडा अध्यक्ष कप सुरु, टरिगाउँको बिजयी सुरुवात



दोस्रो वडा अध्यक्ष कप सुरु, टरिगाउँको बिजयी सुरुवात

फागुन १७ टरिगाउँ दाङ । तुलसीपुर उपमाहानगरपालिका वडा नम्बर १२ को दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ सोमबार देखी टरिगाउँ खेलमैदानमा सुरु भएको छ ।
एयरपोर्ट टोल बिकास संस्था तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथी तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी ( श्याम) ले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डागीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताएका छन् । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ डागीले भने ।
खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उनले भने ।

आयोजक टोल बिकास सस्थाका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुर्यबहादुर डागीको प्रमुख आतिथ्यमा भएको थियो !

टोल बिकास संस्थाका सचीव भरत लामिछनेको स्वागत रहेको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का सदस्य मानबहादुर खत्री, शान्ता पुन, रामशरण चौधरी, टीका बिक, समाजसेवी शिव बुढाथोकी, टोपबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भिमबहादुर बस्नेतले गरेका थिए ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा वडा भित्र स्थापित १० टोल बिकास सस्थाका टिमको सहभागिता रहेको छ । यसै बिच प्रतियोगितामा तुलसीपुर १२ टरिगाउँले बिजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक क्वाङीलाई शून्यका बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै टरिगाउँले बिजयी सुरुवात गरेको हो ।

खेलमा टरिगाउँका जर्सी नम्बर १० का खेलाडी डिक्सन केसीले ह्याटि्रक गरे । उनले खेलको पहिलो हाफको १७, दोस्रो हाफको २३ र २८ औ मिनेटमा गोल गर्दै टिमलाई ३-० को जित दिलाउन सफल भए । प्रतियोगिता अन्तरगत मंगलबार बिहान टरिगाउँ ए र कचिली बि भिड्नेछ्न । खेल बिहान ७ बजे हुनेछ ।
खेल अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरि शर्मा, खुम वली र सुरेन्द्र चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे