बुद्ध हस्पिटलमा ३५ एमएमको पत्थरीको सफल अपरेशन



बुद्ध हस्पिटलमा ३५ एमएमको पत्थरीको सफल अपरेशन

तुलसीपुर १७ फागुन । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ मिलिमिटर (३५ एमएम) को पित्त थैलीमा रहेको पत्थरीको सफल अपरेशन भएको छ । हस्पिटलमा पहिलो पटक सबै भन्दा ठूलो ३५ एमएमको पित्त थैलीमा रहेको पत्थरीको अपरेशन गरेको अस्पतालले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने ३५ बर्षीया महिलाको अप्रेशन भएको हो ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माका अनुसार दुरविन विधिबाट ३५ मिलिमिटर पित्त थैलीको अपरेशसन गरिएको छ ।डा.रमेश बस्नेत लगायतको टिमले पित्त थैलीको सफल शल्यक्रिया गरिएको अस्पतालका प्रमुख शर्माले बताएका छन् । हाल अपरेशन गरेको बिरामी डिस्र्चाज भैसकेको र उनको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे