LISTEN LIVE RADIO

राष्ट्रपतिद्धारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान



राष्ट्रपतिद्धारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं १८ फागुन । प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे