LISTEN LIVE RADIO

देउखुरीको गढवामा रामलिलाको छनक संगै पुस्तक बिमोचन



देउखुरीको गढवामा रामलिलाको छनक संगै पुस्तक बिमोचन

शिबराज पन्थी, गढवा २२ कार्तिक ।

देउखुरीको गढवामा रामलिलाको नाटकको अंश प्रदर्शन गर्दै पुस्तकको बिमोचन गरिएको छ । कोरोना भाइसरको महामारीका कारण प्रत्येक बर्ष प्रदर्शन गरिदै आएको रामलिला यसबर्षको दशैंमा देखाउन नपाएपछि पुस्तक बिमोचनको अबसरमा छोटो अंश प्रदर्शन गरिएको पटवारी यादवले बताए ।

नेपाल अबधी संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रिय कार्यालय गढवाले प्रत्येक बर्ष प्रकाशन गर्दै आएको अबधी दर्पण साहित्यिक अंकको एक समारोहका बिचमा बिमोचन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कृतिको बिमोचन गरेका थिए । कृति बिमोचन गर्दै अध्यक्ष यादवले अबधी भाषा संस्कृतिको संरक्षण सम्ंबर्धन र उन्नयनमा नयाँ पुस्ताले पनि जागरुकता देखाउनु पर्ने बताए । आपसमा फूटेर होइन जुटेर मात्र कला संस्कृति र भाषाको संरक्षण गर्न सकिने उनले बताए ।

बिमोचित कृतिको समिक्षा अबधी साँस्कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादवले गरेका थिए । कृति समिक्षा गर्दै यादवले भाषा संस्कृति कला र साहित्यको संरक्षणमा नयाँ पुस्ताले खासै चाँसो नदिने गरेकोमा चिन्ता प्रकट गरे । भाषा संस्कृतिको संरक्षणमा यस्ता मुखपत्रको निरन्तर प्रकाशनले नयाँ पुस्तालाई उर्जा मिल्ने र मार्ग दर्शन हुने उनले बताए ।

कार्यक्रममा संरक्षणकर्मी उमाकान्त पन्त, यादव समाज सेवा संघका प्रतिनिधि राधा यादव, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट, पुस्तकका सम्पादक हनुमान यादव, सहसम्पादक शनिराम यादव र पत्रकार शिबराज पन्थी र दुखहरण यादव लगायतले बोलेका थिए । प्रतिष्ठानका कोषाध्यक्ष पटवारी यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रामकुमारी यादवले गरेका थिए । सो अवसरका बिबिधता झल्किने कला संस्कृतिका झलकहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे