LISTEN LIVE RADIO

भुमिहिनहरुको समस्या, सरकार लालपुर्जा कहिले पाइन्छ ?



भुमिहिनहरुको समस्या, सरकार लालपुर्जा कहिले पाइन्छ ?

शिबराज पन्थी, गढवा २२ कार्तिक ।

मेरो जग्गा राप्ती नदीको बगरमा छ । अहिले खोला हिडिरहेको छ । २०४९ सालमा नदीले जग्गा जति काटेपछि भुमिहिन बनेर अर्काको जग्गा बटैया जोतेर जिविका चलाएका छौं । २०६२ साल देखि गढवा ५ धर्मपुरको गाउँ छोडेर सामुदायिक वन समूहको क्षेत्र भवनी बस्ती शिविरमा बस्दै आएकी आरती चौधरीले भनिन् । सरकार–लालपुर्जा कहिले पाइन्छ ? आरती चौधरीको जस्तै गढवा ५ कक्रहवाकी जेबिका बिक पनि लामो समयदेखि चिउरीघाट वन समूहले उपलब्ध गराएको ऐलानीमा बस्दै आएकी छिन् ।

स्थानीयले आफूले गरेको खेतीमा गाई चराएर प्रताडित गराएको उनको गुनासो छ । उनीहरुको जस्तै गढवा ५ कि शान्ती चौधरी, सन्तरामी चौधरी र सरिता चौधरीले पनि नदीले जमिन काटेपछि भुमिहिन भएर बस्नुपरेको र हालसम्म सरकारले पुर्जा नदिएको गुनासो ब्यक्त गरेका छन् । भुमि सम्बन्धी बिषयमा सोसाइटी वेलफर एक्सन नेपाल स्वानको आयोजनामा शनिवार स्थानीय निकाय र सरोकारवाला बिच भएको संबाद कार्यक्रममा उपस्थित नागरिकहरुले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव सामु यस्ता गुनासा ब्यक्त गरेका हुन् । यत्ति मात्र होइन स्थानीय सरकारले किसानहरुका लागि उपलब्ध गराउने अनुदानको बिउ समयमै उपलब्ध गराउन र माग बमोजिम मलखादको समेत सहज आपुर्ती गरिदिन कार्यक्रमका सहभागीहरुले माग गरे ।

स्वान नेपालका रेवन्त चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै किसानहरुबाट उठेका जिज्ञासाको जवाफ अध्यक्ष यादव र बिषयगत शाखाका प्रमुखहरुले दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले नेपाल सरकारले भूमी सम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरि काम अगाडी बढाई सकेको र सथानीय स्तरमा पनि यो कार्य केहि समय लगत्तै अगाडी बढ्ने भन्दै छिटै सुकुम्बासी तथा भुमिहिनहरुलाई पुर्जा बितरण गर्ने कार्यक्रम नेपाल सरकारले अगाडी ल्याउने बताए ।

कार्यक्रममा जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष देउमान दमाई, गढवा गाउँपालिका पशुसेवा शाखाका अधिकृत अनन्तराज रेग्मी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, न्यायिक समितिका सदस्य आशाराम चौधरी र स्वान नेपालका संयोजक बिष्णु भुसाल लगायतले धारणा राखेका थिए । संबाद कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोखे्रलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे