LISTEN LIVE RADIO

सिटिईभिटिले छनोट गरेको उपयुक्त स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति



सिटिईभिटिले छनोट गरेको उपयुक्त स्थानमा शिक्षालय स्थान्तरण गर्ने साझा सहमति

शिक्षालय व्यवस्थापन र प्रदेशसभा सञ्चालन गर्न पूर्णरुपले सहयोग गर्नेे राप्तीका राजनीतिकदलको सामुहिक प्रतिवद्धता

सन्तोषकुमार गुप्ता, भालुवाङ २२ कार्तिक ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन सञ्चालन गर्ने गृहकार्य भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल बीच साझा सहमति भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थित राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा प्रदेशसभा सञ्चालन गर्ने आन्तरिक गृहकार्य सुरु भएसँगै शिक्षालय व्यवस्थापनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिकदल र संघसंस्था बीच साझा सहमति भएको हो ।


राप्ती उद्योग बाणिज्य संघ भालुवाङको आग्रह तथा बिशेष पहलमा राप्ती गाउँपालिकाले आज शनिबार मसुरियामा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले सिटिईभिटिले छनोट गरेको उपयुक्त स्थानमा विद्यार्थीलाई असर नपर्ने गरी बिबादरहित रुपमा राप्ती प्राविधिक शिक्षालय स्थान्तरण गर्ने राजनीतिकदल र संघसंस्था बीच साझा सहमति भएको बैठकमा सहभागी राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिए ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८ र ९ गरी कुल १४ वटा वडा भित्र उपयुक्त स्थानमा शिक्षालय व्यवस्थापन गर्ने गरी राजनीतिक सहमती भएको संघका अध्यक्ष पोख्रेलले देउखुरी टुडे डटकमलाई बताए ।

यता प्रदेश सभाको सातौ हिउँदे अधिवेशन राप्ती प्राविधिक शिक्षालयमा सञ्चालन गर्ने तयारीको खवर सार्वजनिक भएपछि पछिल्लो समय विभिन्न संघसंस्था तथा संगठनहरुले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रेस विज्ञप्ती जारी गर्न थालेपछि सरोकारवालाहरुको चासो बढेको हो ।

शिक्षालय व्यवस्थापनका विषयमा पछिल्लो समय राजनीतिक व्यक्ति तथा संघसंस्था तथा संगठनहरुले आफु खुसी मनोमानी ढंगले प्रेस विज्ञप्ती तथा सामाजिक सञ्जाल मार्फत फरक फरक विचार तथा धारणाहरु आउन थालेपछि शिक्षालय व्यवस्थापन तथा प्रदेशसभा सञ्चालनका लागि राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतकदल र संघसंस्थाहरु एक ढिक्का भएका हुन् ।

बैठकमा सहभागी राजनीतिकदल तथा संघसंस्थाका प्रतिनीधिहरुले शिक्षालयको उपयुक्त व्यवस्थापन र प्रदेशसभा सञ्चालनका लागि आ आफ्नो क्षेत्रबाट पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले कुनैपनि व्यक्ति विशेष वा समुहले शिक्षालय व्यवस्थापन तथा प्रदेशसभा सञ्चालन गर्न असहयोग वा अवरोध सिर्जना गरेको खण्डमा स्वम् राजनीतिकदलहरुले जिम्मा लिने प्रतिवद्धता समेत जनाएका छन् ।


बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, राप्रपाका राप्ती गाउँपालिका अध्यक्ष टेकबहादुर गिरी, साविक लालमटिया गाविसका पुर्व अध्यक्षद्धय दाेर्ण भुसाल, सुर्यप्रकाश शर्मा र सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे