पत्रकार खड्का र भट्टराई सम्मानित



पत्रकार खड्का र भट्टराई सम्मानित

भालुवाङ १३ जेठ । नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशले दाङका पत्रकार निशान दाजु भट्टराईलाई सम्मान गरेको छ ।

शुक्रबार लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आयोजित नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको बिशेष साधारणसभाको अवसरमा भट्टराई नगदसहित सम्मानित भएका हुन् ।

बिकास निर्माण र निर्माण ब्यबसायीको पक्षमा पत्रकारीताको माध्यमबाट कलम चलाई महत्वपुर्ण भुमिका निर्बाह गर्नु भएको भन्दै महासंघले भट्टराईलाई सम्मान गरेको हो ।

निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र महासंघका केन्द्रिय उपाध्यक्ष टाेपबहादुर रायमाझीले उनलाई टिका, खादा र माला लगाएर सम्मान गरेका हुन । त्यस्तै सेतोपाटि अनलाईनका दाङ समाचारदाता नारायण खडकालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे