समाजसेवाको अग्रपंक्तिमा प्यूठान हंसपुरका मरासिनी



समाजसेवाको अग्रपंक्तिमा प्यूठान हंसपुरका मरासिनी

भालुवाङ ४ साउन । प्युठानमा एक मनकारी ब्यक्तिले पटक पटक राहत बितरण गर्ने गरेका छन् । प्यूठानका सरुमारानी गाउँपालिकाका युवा समाजसेबी भिमबहादुर मरासिनी (हंसपुरे) ले सरुमारानी गाउँपालिका वडा नम्बर ५ राङबाङ्ग दमारटोलका अति बिपन्न शान्ती रानामगर(मर्साङ्गीमगर) को घरपरिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग प्रदान गरिएको छ ।

कोरोना कहर र लकडाउनको मारमा परेका अतिविपन्न तथा आर्थिक अवस्था समेत निकै कमजोर भएकोले मरासिनीले व्यक्तिगत खर्चमा उक्त पिडितको घर बर्षातको झरीमा पुगी एक बोरी चामल, दाल, नुन, तेल, स्वाइबिन, नुहाउने र लुगा धुने साबुन लगायतका सामाग्री प्रदान गरेका छन् । उक्त राहत महिला नेतृ तथा समाजसेवी कल्पना सुनारको रोहबरमा बितरण गरिएको थियो केही दिन पहिले जंगली बिषालु च्याउ खाँदा पिडित मस्याङ्गीको ६ बर्षको छोरो किसन मर्साङ्गीमगरको उपचारको अभावमा ज्यान गएको थियो ।

गत बर्ष पनि मरासिनीले सरुमारानी गाउँपालिका भित्र कोरोना महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई पटकपटक सेनिटाइजर लूज ग्लोब्स, सर्जिकल मास्क, हात धुने साबुन र सोही गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा गरिब बिपन्न, एकल महिला, बेसाहारा वृद्ध आमा बुवा, अपाङ्ग, दुई छाकटार्न नसक्ने अति बिपन्न परिवारलाई दश किलो चामल, एक पोका नुन, एक किलो दाल, एक लिटर खाने तेल, नुहाउने साबुन साठी घर परिवारलाई खाद्यान्न बितरण गरेका छन् ।

मरासिनी सरुमारानी गाउँपालिका भित्रका एक मात्र लोकप्रिय समाजिक व्यक्ति रहेको स्थानीयबासीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे