LISTEN LIVE RADIO

लुम्बिनीका स्वास्थ्यमन्त्री पुनले एकीकृत सूचना प्रणालीको स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने



लुम्बिनीका स्वास्थ्यमन्त्री पुनले एकीकृत सूचना प्रणालीको स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने

भालुवाङ ६ वैशाख । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले आज पदभार ग्रहण गरेका छन् । पदभार सँगै मन्त्री पुनमगरले प्रदेश अन्तर्गतका सरकारी प्रदेशका अस्पतालहरुमा एकीकृत सूचना प्रणालीको स्थापना गरी स्वास्थ्य सुचना प्रणालीलाई थप व्यवस्थित एवं सुदृढिकरण गर्ने निर्णयलाई सदर गरेका छन् ।

पहिलो पटक मन्त्रीको जिम्मेवारी लिएका पुनमगरले आज स्वास्थ्य मन्त्रालय सिसहनियाँमा पदबहाली गर्ने अवसरमा पहिलो निर्णय नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्था गरे अमोजिम स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पु¥याउने उद्देश्यका साथ लुम्बिनी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुबाट संचालन भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको तथ्यपरक अनुगमन तथा मूल्याकन साथै तथ्यांक र यथार्थ प्रमाणमा आधारीत बार्षिक कार्यक्रम÷योजना तर्जुमा गर्नका लागि एकिकृत सूचना प्रणालीको स्थापना गर्नुपर्ने आवश्यकता अनुसार मन्त्रालय मातहतका निकायहरुवाट प्रदान गरिएका सेवाहरुको एकिकृत रुपमा विद्युतीय अभिलेख तथा प्रतिवेदन तयार गर्न विद्युतीय स्वास्थ्य अभिलेखन प्रणाली स्थापना गरी सबै अस्पतालहरुबाट प्रदान गरीएका सेवामा सेवा प्रदायक र सेवा ग्राहीहरुलाई सेवाको पहुँचमा सहजता पुर्‍याउनका लागि प्रदेश अन्तर्गतका सरकारी अस्पतालहरुमा एकीकृत सूचना प्रणालीको स्थापना गरी स्वास्थ्य सुचना प्रणालीलाई थप व्यवस्थित एवं सुदृढिकरण गर्ने निर्णयमा सदर गर्दछु भनेका छन् ।

बिहिवार स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गरेका पुनले एकिकृत सूचना प्रणालीको स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरे । उनले हरेक नागरिकको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गरिने बताए । साथै प्रदेश सकार मातहतमा रहेका अस्पताल र स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकारले ध्यान दिने बताए । प्रदेश भित्र मातृ तथा बालमृत्यदर उच्च रहेको, कडा खालको कुपोषणको समस्या समाधान गर्न सबै निकायसंग समन्वयमा जोड दिए ।

उनले लुम्बिनी प्रदेशको स्वास्थ्यस्तरलाई माथी उठाउनको लागि सबैको सहयोग आवश्यक रहेको बताए । स्वास्थ्य सचिव जनार्दन पन्थीले मन्त्रीको गतिलाई सधै साथ दिनका लागि मन्त्रालयहरुका कर्मचारीहरुको तयार रहेको बताए । यस्तै स्वास्थ निर्देशक डा. विनोद गिरीले एकीकृत सूचना प्रणाली, मातृमृत्युदर, कुपोषणसँगै लगायतको समस्या रहेको बताउँदै यसको न्यूनीकरणका लागि आफूहरुले मन्त्रीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे