LISTEN LIVE RADIO

घोराहीको बुद्व अस्पतालमा बालक मृत्यु प्रकरण : घटना छानबिन सहित क्षतिपुर्ति दिने सहमति



घोराहीको बुद्व अस्पतालमा बालक मृत्यु प्रकरण : घटना छानबिन सहित क्षतिपुर्ति दिने सहमति

घोराही १ चैत । घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् । झडपका क्रममा एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर लगेको पीडित पक्षले बताएका छन् ।

घाँटीको उपचार गर्न घोराहीमा रहेको बुद्व अस्पतालमा ल्याएका राजपुर गाउँपालिका–१ पटौली नाका निवासी ९ बर्षीय बालक सुरेश कवरको मृत्यु भएपछि पीडित पक्षले अस्पतालको कमजोरीका कारण मृत्यु भएको भन्दै घट्नाको सत्यतथ्य छानविन र दोसीलाई कारवाहीको माग गर्दै विहीवारदेखि आन्दोलन गर्दै आएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा ल्याउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

घट्नाको छानविन गर्न समिति गठन

यसैविच घट्नाको छानविन गर्न सात सदस्यीय छानविन समिति गठन भएको छ । विहीवार बसेको सर्वपक्षिय बैठकले ५ दिनभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिको संयोजकत्वमा गठिन छानविन समितिमा चिकित्सकका प्रतिनिधि ३ जना, पीडित पक्षका दुई जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । त्यस्तै पिडित र हस्पिटल पक्ष दुबै बिच आपसी सहमतिमा क्षतिपुर्ति दिने सहमती भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले बताए । आन्दोलन स्थगीत गर्ने र मृतक बालकको पोष्टमार्टम गर्ने पनि सहमति भएर बालकको शब उठाउन मृतकका परिवारले सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे