LISTEN LIVE RADIO

नेपाल औषधी व्यवसायी संघको क्षेत्रगत भेला देउखुरीमा सम्पन्न



नेपाल औषधी व्यवसायी संघको क्षेत्रगत भेला देउखुरीमा सम्पन्न

लमही १७ मंसिर । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा दाङको क्षेत्रगत भेला शनिबार देउखुरीमा सम्पन्न भएको छ ।

लमही नगरपालिका -३ को जखेरातालमा संघका जिल्ला अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता तथा देउखुरी क्षेत्रका पुराना औषधी व्यवसायी माधव प्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न क्षेत्रगत भेला सम्पन्न भएको थियो । देउखुरीका पुराना औषधी व्यवसायी तथा शनिबार देउखुरीको जखेरातालमा सम्पन्न भएको नेपाल औषधी व्यवसायी संघद्वारा आयोजित क्षेत्रगत भेलाका प्रमुख अतिथि समेत रहेका माधव प्रसाद केसीले सम्पुर्ण औषधी व्यवसायीहरु संगठित भएर लाग्नु पर्ने बताएका छन् ।

निजि क्षेत्रबाट संचालित मेडिकलहरले सर्बसुलभ तरिकाले सेवा प्रवाह गर्नमा कत्ती पनि कन्जुस्याइँ नगर्न आग्रह गरे । नेपाल औषधी व्यवसायी संघ दाङले वार्षिक कार्य योजना अनुशार तुलसीपुर, देउखुरी र घोराहीमा कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुशार हरेक क्षेत्रमा एक जना संयोजक तोकिने र उक्त संयोजकले सबै क्षेत्रमा मेडिकल संचालनका क्रममा आउने समस्या, ती मेडिकल के कसरी संचालन भैरहेका छन, ती समस्याहरू जिल्लामा जानकारी गराउने छ ।

त्यसैगरी अस्वस्थ प्रतिस्पर्धालाई चिरेर स्वस्थ बनाउनका लागि यो भेला आयोजना गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । नेपाल औषधी व्यवसायी संघ दाङले दाङ जिल्लाभर अटोमा डिजे बजाएर डाक्टर आउनेबारे प्रचारप्रसार गर्न रोक लगाउने निर्णय गरेको छ । भेलामा उपस्थित सबै औषधि व्यवसायीहरुले आआफ्ना भनाई राखेका थिए ।

संघका उपाध्यक्ष मधुसूदन पाण्डेले स्वागत र संघका सचिब सुनिल रेग्मीले कार्यक्रमको सहजीकरण गरेका थिए । भेलाले तुलसीपुर क्षेत्रमा दीपकराज ओली, देउखुरी क्षेत्रमा राजधानी फार्मेसी भालुवाङका भुवन भण्डारीलाई संयोजक तोकेको छ । केही दिन पछि घोराही क्षेत्रको संयोजक तोकिने नेपाल औषधी व्यवसायी संघ दाङ जिल्लाका महासचिव श्याम कुमार गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे