LISTEN LIVE RADIO

वरिष्ठ पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि



वरिष्ठ पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ २३ कार्तिक ।

वरिष्ठ पत्रकार तथा  रिपोर्टर्स क्लबका अध्‍यक्ष ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कन्ट्रयाक्ट ट्रेसिङमा परेको र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

उनले भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे