लमहीकाे १ नम्बर वडा कार्यालयमा सुबिधा सम्पन्न प्रस्तुती गृहकाे निर्माण कार्य सुरु



लमहीकाे १ नम्बर वडा कार्यालयमा सुबिधा सम्पन्न प्रस्तुती गृहकाे निर्माण कार्य सुरु

श्रवण बस्नेत, लमही २३ कार्तिक ।

लमही नगरपालिका वडा नम्बर १ काे वडा कार्यालयमा सुबिधा सम्पन्न सुरक्षित प्रस्तुती गृहकाे निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारकाे अबधारणा अनुसार मातृ शिशुदर कम गर्ने मुख्य उदेश्यले १ वडा १ स्वास्थ चा‌ैकीकाे अवधारणा अनुसार साे भबनकाे निर्माण गर्न लागिएकाे लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलले जानकारी दिएका छन् । आ‍‍‍.वा  २०७६/०७७ असार देखि निर्माण कार्य जारी भएर २ वर्षमा दुई तल्ले भबन बन्ने भएको छ ।

संघिय सरकारकाे स्वास्थ कार्यक्रम अन्तर्गत ९५ लाखकाे लगानीमा ६ वटा काेठा तल र ६ वटा माथिल्लो तलामा गरि १२ आवास सहितकाे भबन बन्ने भएको हाे । २४ साै घन्टा सेवा दिने गरि स्टाफ नर्स सहित दक्ष चिकित्सक समेत गरि ७ जना कर्मचारी रहने अध्यक्ष पाैडेलले बताए । २०७६/०७७ साल असार महिना भित्रमा सक्ने भनिता भनी काेभिडका कारण लक डाउनले निर्माण कार्यमा बाधा पुर्याएकाे अध्यक्ष पाैडेलकाे भनाइ छ । २०७७/०७८ असार सम्ममा दुई तले भबन निर्माण कार्य पुरा हुने र त्यसपछि लगत्तै संचालनमा ल्याउने तयारी भएको जनाएको छ ।

साे क्षेत्रमा प्रस्तुती गृह नहुँदा उक्त भेगका नागरिकहरु लमही बजार , सिसहनियाँ बजार र बाहिरी जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता रहेकाे थियाे । लमही नगरपालिका वडा नम्बर १, २ र ३ वडाबासीहरुका नागरिकहरु लागि सेवा दिने उदेश्यले साे गृहकाे स्थापना गर्न थालिएको हाे । अहिले १ तले भबनकाे ५०/६० प्रतिशत निर्माण कार्य सकिएकाे बताएको छ । गृहकाे निर्माणकार्य डाेकाे कन्स्ट्रक्सन प्रालि काठमाडौ‌ले गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे