राप्ती गाउँपालिकाका जेष्ठ नागरिकहरु थरमस र लाईट पाउँदा खुसी 



राप्ती गाउँपालिकाका जेष्ठ नागरिकहरु थरमस र लाईट पाउँदा खुसी 
तिर्थराज ज्ञवाली, मसुरीया २३ कार्तिक ।
राप्ती गाउँपालिकाका जेष्ठ नागरिकहरु थरमस र लाईट पाउँदा खुसी भएका छन् । गाउँपालिकाका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ ।
राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३ सय १४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गराईने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टिका बस्नेतले जानकारी दिएका छन् ।
आइतवार देखी सहयोगी सामाग्री वितरण सुरु गरिएको र आगमी शुक्रवार सम्म सम्पुर्ण ८० वर्ष माथिका जेष्ठ नागरिकको हातहातमा थरमस र लाईट उपलब्ध गराईने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसीले जानकारी दिएका छन् ।
आइतवार वडा नम्बर १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, ताराबहादुर डिसी लगायतको सहभागीता जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको हो ।
यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तरगत नयाँगाउँ स्थित जनज्योति आधारभुत विद्यालयलाई बालविकासका विद्यार्थीलाई लक्षित गरि टेलिभिजन उपलब्ध गराईएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे