LISTEN LIVE RADIO

कोरोना सङ्क्रमित भएका काभ्रेपोष्टका प्रधान सम्पादक पत्रकार विष्णु चौलागाइको मृत्यु



कोरोना सङ्क्रमित भएका काभ्रेपोष्टका प्रधान सम्पादक पत्रकार विष्णु चौलागाइको मृत्यु

काठमाडौं १४ कार्तिक । कोरोना सङ्क्रमणबाट काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक  पत्रकार विष्णु चौलागाइको गएराती मृत्यु भएकाे छ ।  काठमाडौ स्थीत ओम अस्पतालमा उपचार गराइरहेका  चौलागाइलाई कोरोना उपचारपछि नेगेटिभ देखिइसकेको भएपनि निधन भएको हो ।

निमोनियाका विरामी समेत रहेका चौलागाइको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । झण्डै तीन दशक देखि पत्रकारितामा क्रियाशिल चौलागाइले दुई दशकभन्दा बढी समयदेखि निरन्तर काभ्रेपोष्ट प्रकाशन गर्दै आएका थिए ।

नेपाल प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत भइसकेका चौलागाई अहिले पत्रकार महासंघको जिल्ला कार्यमितिको सदस्य हुन् । उनको अहिले केहीबेरमा काठमाडौ पशुपति आर्यघाटमै अन्त्यष्टि गर्ने तयारी भइरहेको परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे