LISTEN LIVE RADIO

घोराही र राप्तीका एक/ एक जनामा कोरोना संक्रमण पुष्टि



घोराही र राप्तीका एक/ एक जनामा कोरोना संक्रमण पुष्टि

दाङ ४ असाेज । आज दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १० जनाको पिसिआर परिक्षण गर्दा २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका र राप्तीका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै आज दाङका ५ जना कोरोना मुक्त भएका छन् ।

कोरोनामुक्त हुनेमा घोराही ४ जना र तुलसीपुरका १ जना रहेको केन्द्रले जनाएको छ । आज थप २ जना सँगै दाङमा सकृय बिरामीको संख्या ७३ रहेको छ । ति मध्य घरमा ६५ जना, ५ जना आईसियूमा र ३ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३९ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ५१ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे