LISTEN LIVE RADIO

पातेटाकुरा खोलाले अटो बगाउँदा आमाछोरी घाइते



पातेटाकुरा खोलाले अटो बगाउँदा आमाछोरी घाइते

तुलसीपुर ४ असोज । पातेटाकुरा खोलाले अटो बगाउँदा आमाछोरी घाइते भएका छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका ३ भलानेटी निबासी ३५ बर्षकी शान्ता टमटा, उनको ३ बर्षकी छोरी तिला टमटा घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

तुलसीपुरबाट चिराघाट जाँदै गरेको रा१ह ३१०९ अटोलाई दिउँसो ४ बजे खोलाले बगाएको थियो । अटो चालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे