LISTEN LIVE RADIO

दाङमा लागु औषध मुद्धाका फरार प्रतिवादी चार बर्ष पछि पक्राउ



दाङमा लागु औषध मुद्धाका फरार प्रतिवादी चार बर्ष पछि पक्राउ

दाङ ४ असोज । दाङ प्रहरीले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई करिव चार बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ मा बस्दै आएका ४१ बर्षीय राजन भनिने शुनिल पुरी रहेको प्रहरीले बताएको छ ।

पुरीलाई लागु औषध मुद्धामा सर्वोच्च अदालतको २०७४ मंसिर १९ गतेको निर्णयले ३ बर्ष नौ महिना ३ दिन कैद सजाए तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका उनलाई गएको असोज १ गते बेलुका ५ बजे तुलसीपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । पुरीलाई पक्राउ गरी सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे