दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, २ जना निको



दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, २ जना निको

दाङ ४ साउन । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पिसिआर परिक्षण गर्दा १ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु घोराही र बबईका रहेका छन् ।

यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या एक सय जना रहेको छ । ति मध्य ८४ जना घरमै, ९ जना अक्सिजन सहितको उपचारमा र आईसियूमा ७ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज २ जना कोरोना मुक्त भएका छन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ९ सय ६७ जना रहेका छन् भने संक्रमितको संख्या ८ हजार २ सय ७३ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे