LISTEN LIVE RADIO

टिचिङपछि पश्चिम नेपालमा दाङको प्रतिष्ठानमा सुबिधा सम्पन्न इएनटी इन्डोस्कोपी सेवा



टिचिङपछि पश्चिम नेपालमा दाङको प्रतिष्ठानमा सुबिधा सम्पन्न इएनटी इन्डोस्कोपी सेवा

निशानदाजु भट्टराई, घोराही २५ असोज । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उच्च प्रबिधिको इएनटी इन्डोस्कोपी द्ध प सिष्टमको मेसिन जडान सुरु भएको छ ।
मेसिन जडान भएर सेवा सञ्चालन भएमा अब जटिल खालको नाक, कान र घाँटी रोगका उपचार प्रतिष्ठानमा हुने प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ डा.बिक्रम बुढाथोकीले जानकारी दिएका छन् । उनले यो मेसिन जडान भएमा प्रतिष्ठानले दसै तिहारपछि सेवा सुरु गर्ने बताए ।

उनले मेसिनसंगै जनशक्ति ब्यबस्थापन हुदै गइरहेकाले अब प्रतिष्ठानको इएनटी बिभाग तिब्ररुपमा अघि बढ्ने पनि बताए । टिचिङ र धरानपछि दाङको प्रतिष्ठानमा उच्च प्रबिधि सहितको मेसिन जडान गरिएको बताए । इएनटीको सेवा बिस्तारका लागि यो मेसिन पश्चिम नेपालमै पहिलो पटक दाङमा जडान गरिएको र उच्च स्तरको मेसिन जडान भएसंगै नाक,कान र घाटिको जटिल उपचार दाङमै सम्भब हुने र जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने डा.बुढाथोकिले जानकारी दिए ।
नाक,कान, घाँटीको उपचारका लागि प्रतिष्ठानमा जडान गरिएको अत्याधुनिक र धेरै भन्दा धेरै सुबिधा सम्पन्न इएनटी इन्डोस्कोपी द्ध प सिष्टमको मेसिन रहेको पनि बताए । अब नाकमा मासु पलाएको, ट्युमर, पिनास लगायतका नाक सम्बन्धि उपचार प्रतिष्ठानमा हुनेछ ।

नाक सम्बन्धी सामान्य उपचारका लागि यो भन्दा अगाडि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । कार्लस्ष्ट्रोज कम्पनिको जर्मनी प्रबिधि नेपालकै दोस्रो र पश्चिम नेपालमै पहिलो मेसिन जडान गरिएको कम्पनिको सेल्स म्यानेजर सगुन श्रेष्ठले जानकारी दिए । अब यो मेसिन जडान भएसंगै नाक, कान, घाटि सम्बन्धि जटिल शल्यकृयाहरु गर्न सकिने डा.बुढाथोकीको भनाई छ । कम्पनीका बायोमेडिकल इन्जिनियरद्वय सरु तामाङ, शुभेक्षण भट्टराईले ५८ इन्चको मनिटर र रेकर्डिङ सिष्टम भएकाले शल्यक्रिय पश्चात बिरामीले हेर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे