LISTEN LIVE RADIO

केयर भिजन सुधार गृहद्धारा निलसागरमा खाद्यन्न सहयोग



केयर भिजन सुधार गृहद्धारा निलसागरमा खाद्यन्न सहयोग

भालुवाङ २५ असोज । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको केयर भिजन सुधार गृहले आइतवार निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । सुधार गृहका रिहाव इन्चार्ज गिरीराज शर्माको ३ वर्षे नसा रहितको उपलक्ष्यमा सुधार गृहले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रममा गई १० हजार बराबरको खाद्यन्न सहयोग गरेको हो । जसमा २ बोरा चामल, १ बोरा दाल, १ बोरा चिउरा, १ पेटी तेल, चाउचाउ र विस्कुट १÷१ पेटी, ब्रस, कोलगेट, नुन र सावुन सहयोग गरेको छ । सो खाद्य सामाग्री सुधारगृहका रिहाव इन्चार्ज गिरीराज शर्माले निलसागर सेवा आश्रमका प्रेस संयोजक ओमप्रकाश गुप्तालाई हस्तान्तरण गरेका थिए ।

आश्रममा थोरै भएपनि अतिवाश्यक खाद्यन्न सहयोग गरेकोमा सहयोगदाता केयर भिजन सुधार गृहलाई आश्रमका प्रेस संयोजक गुप्ताले धन्यवाद दिएका थिए । सो अवसरमा सुधार गृहका परामर्शदाता गणेश बुढामगर, स्टापहरु राकेश सुनार, भरत पौडेलको सहभागिता रहेको थियो । गत पुस ९ गते आश्रम सञ्चालनमा आएपछि अहिले २२ जना सडकमा आश्रित मानव बस्दै आएका छन् । ४ जनालाई यसअघि परिवारमा पुर्नस्थापना गरिएको छ । आश्रममा २२ जना पुरुष मात्र रहेका छन् ।

आश्रममा रहेकाहरु मध्ये कतिपयले आफ्नो नाम, ठेगाना बताउन सक्ने अवस्था नरहेकाले परिवारमा पुर्नमिलन गराउन सकिने अवस्था नरहेकाले आश्रममै राख्नु परेको आश्रमका प्रेस संयोजक गुप्ताले बताए । घोराही, तुलसीपुर, लमही, भालुवाङ्ग, गढवा लगायतका बजारबाट सडकमा आश्रित मानवहरुको उद्धार गरिएको हो । अहिले पनि छिटपुट मात्रामा सकडमा आश्रीत मानवहरु सडकमा देखिन थालेका छन्। उनीहरुलाई पनि उद्धार गरेर राख्ने तयारी भइरहेको बताइएको छ । तर उद्धार गरिएकाहरुको पिसिआर टेष्ट गराएर मात्र राख्नु पर्ने भएकाले थोरै ढिलाई भएको छ । अहिले त्यो विषयमा गाउँपालिका सँग समन्वय गर्ने कार्य भइरहेको प्रेस संयोजक गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे