प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल, शान्ति सुरक्षामा ध्यान दिन सुझाव



प्रहरी चौकी सिसहनियाँको नयाँ प्रहरी प्रमुखमा पोख्रेल, शान्ति सुरक्षामा ध्यान दिन सुझाव

ओमप्रकाश गुप्ता , सिसहनियाँ २५ असोज । प्रहरी चौकी सिसहनियाँमा नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेल आएका छन् । केहि अघि प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लको जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सरुवा भएपछि सोहि ठाउँबाटै नयाँ प्रहरी प्रमुखको रुपमा प्रहरी नायव निरिक्षक पोख्रेल सिसहनियाँ आएका हुन् । सिसहनियाँ आएपछि उनले आइतवार राप्ती गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाका वडा अध्यक्ष, उद्योगी, व्यवसायी, नागरिक अगुवा र पत्रकार सँग परिचयात्मक कार्यक्रम गरेका थिए ।

परिचयात्मक कार्यक्रममा बोल्ने सहभागीहरुले बढ्दो चोरी, लागुऔषध दुव्र्यसन, राप्ती नदी तथा खहरे खोला दोहन, सवारी दुर्घटना बढ्दो क्रममा रहेकाले त्यसलाई रोमथाम गर्न प्रहरीले गस्ती बढाउनु पर्ने र शान्ति सुरक्षाको अनुभुती दिलाउन सुझाव दिएका थिए । त्यस क्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाका मुख्य बजार क्षेत्र तथा दुर्घटना क्षेत्रमा दशै अगाडी सिसि क्यामरा जडान गर्ने तयारी भइरहेको बताएका थिए । सिसि क्यामरा जडान भए थोरै भएपनि प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने र चोरीका घटना तथा दुर्घटना न्युनीकरण्मा सहयोग पुग्ने बताएका थिए । भने कार्यक्रममा प्रहरी नायव निरिक्षक बत्तिकुमार पोख्रेलले आफ्नो क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन गराउने जिम्मेवारी आफ्नो भएकाले समाजमा हुने अपराधिक क्रियाकलाप, चोरी डकैती, लागुऔषध दुव्र्यसन र मादकपदार्थ सेवन गरी हो हल्ला गर्ने क्रियाकलाप रोक्न स्थानीय सरकार सँगको समन्वय गरी नियन्त्रण गर्ने बताएका थिए ।

राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीको प्रमुख आतिथ्यतामा भएको परिचयात्मक कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले आ आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे