सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा पुन अमृता अनमोल सर्वसम्मत निर्वाचित



सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा पुन अमृता अनमोल सर्वसम्मत निर्वाचित

दाङ १४ भदौ । संचारिका समुह लुम्बिनीको अध्यक्षमा पुन अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छिन् । समुहको बिहीबार बुटवलमा भएको अधिवेशनले अनमोलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज (बाँके), महासचिवमा माया केसी (रुपन्देही), कोषाध्यक्षमा सरिता थारु (कपिलवस्तु), सचिवमा रिया बस्नेत (गुल्मी) निर्वाचित भएका छन्। १३ सदस्यीय कार्यसमितिको सदस्यमा उषाकिरण पन्थ (रुपन्देही), उर्मिला यादव (नवलपरासी पश्चिम), लक्ष्मी पोख्रेल (दाड), गीता ज्ञवाली (पाल्पा), विन्दु थापा (पाल्पा) र फुलु सुनार (रुपन्देही) निर्वाचित भएका छन् । २ सदस्य अध्यक्षले नियुक्त गर्ने प्रावधान छ ।

अधिवेशनपछि बसेको कार्यसमिति बैठकले उषाकिरण पन्थलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैठकले पार्वती पाण्डे (कपिलवस्तु), नारायणी रजौरे (दाङ), लक्ष्मी आचार्य (दाङ), अक्षरी पोख्रेल (बांके), र पुष्पा चौधरी (बर्दिया)लाई सल्लाहकारमा मनोनित गरेको छ ।

त्यसै गरी लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरुलाई पदेन सदस्य रहने व्यवस्था गरिएको छ। जसमा दाङ. अध्यक्ष रन्जिता अधिकारी, नवलपरासी पश्चिम अध्यक्ष विष्णु खनाल, रुपन्देही अध्यक्ष निरु गौतम, बर्दिया अध्यक्ष मेनका चौधरी, बांके अध्यक्ष रुपनी जिएम, कपिलवस्तु अध्यक्ष कोपिला पोख्रेल, प्युठान अध्यक्ष राधिका भुसाल, गुल्मी अध्यक्ष, अनिता खत्री र पाल्पा अध्यक्ष सीता डो पदेन सदस्य चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे