सामाजिक संजाल मार्फत भाइरल गायिका निर्मलाले ल्याइन पहिलो लोकगीत ‘मायाको प्रमाण’ सार्वजनिक



सामाजिक संजाल मार्फत भाइरल गायिका निर्मलाले ल्याइन पहिलो लोकगीत ‘मायाको प्रमाण’ सार्वजनिक

अर्घाखाँची ११ जेष्ठ । सामाजिक संजाल मार्फत भाइरल बनेकी अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग ठुलाखोला निवासी निर्मला नेपालीको पहिलो लोकगीत ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । बबिता श्रेष्ठ ‘मलेकु’द्वारा निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । हालै उनले निर्देशन गरेको यो भिडियो रिलिज भएको हो।

 

 

 

 

बिहिवार मात्रै रिलिज भएको उक्त म्युजिक भिडियाेमा राजन बिकको शब्द रचना रहेको छ भने संगीत महेन्द्र भण्डारीको छ । त्यस्तै अर्जुन कुँवर र निर्मला नेपालीको आवाज रहेको गीतमा मायाप्रेमको विषयमा चर्चा गरिएको छ। एक अर्काले मायाको प्रमाण दिन आग्रह गरेकाे बिषयबस्तु उक्त गीतमा समावेश गरिएकाे छ । माया प्रेम बीचको प्रमाण जुटाउन लागि परेको गीतको अभिनय दिपेन्द्रराज गिरी, निर्मला नेपाली र निर्मल भण्डारीको रहेको छ भने उक्त गीतको भिडियो जालकाडा म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उत्तम हुमगाईंले खिचेको भिडियोलाई सम्पादन कल्पेश बिश्वकर्माले गरेका छन्। सयौ म्युजिक भिडियो निर्देशन गरेकी बबिताले पछिल्लो समय फरक स्वाद पस्किने कोसिस गरेकी छन्। उनी नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष समेत हुन्।

याे हेर्नुस् उक्त गीतकाे पुरा भिडियाे…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे