LISTEN LIVE RADIO

दङ्गाली गायक भुपु पाण्डेको ‘जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ’ सार्वजनिक (भिडियो सहित)



दङ्गाली गायक भुपु पाण्डेको ‘जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ’ सार्वजनिक (भिडियो सहित)

भालुवाङ १३ फागुन । गायक तथा म्युजिक कम्पोजर भुपु पाण्डेले ‘पिरै पिर’ बोलको गित सार्वजनिक गरेका छन् । चम्पा, छाता, छोटो छ जिन्दगी, जाँदा जाँदै बन्दिपुर पुग्यो जस्ता थुप्रै लोकप्रिय गीतहरू दर्शक माझ पस्किसकेका गायक पाण्डेले बिहिबार सार्वजनिक गरेको “पिरै पिर” बोलको गीत अहिले सामाजिक संजालमा युवाहरूमाझ चर्चामा रहेको छ ।

गीतमा देशको हालत र समग्र बेरोजगारी समस्या बुझ्न,  युवाहरूले वर्तमान अवस्थामा भोग्नुपरेको व्यथा देखाउन खोजिएको छ। युवाहरू विदेश पलायन, बेरोजगारी, उमेर ढल्किदै जादाँ आफुले केही गर्न नसकेको कुरा तथा फ़्रस्ट्रेशनले कुलतमा फसेका युवाहरूका कथामाआधारित शब्हरू गितमा सुन्न पाइन्छ ।

उक्त गीत, गीत मात्रै नभइ एउटा युवाको जिवनको वास्तविक कथाको रुपमा रहेको छ। गीतका प्रत्येक शब्दले मन छुन्छन। मापसे गरेर सवारी नचलाऔँ र  देश पनि मापसे गरे जसरी नचलाऔँ भन्दै व्यंग्य गरेका छन्। बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ” भन्ने सन्देश गितले दिएको छ ।

“चट्ट हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमि छ”, “विदेश जाँउ त हजुर लाग्दैन भिसा उमेर पनी हजुर पुग्दैछ दुई बिश”,  “एयरपोर्टैमा हजुर मान्छेको ताँती नेपाल रित्तो हजुर हुने भो ए साथी” लगायतका गितका अंशहरूले धेरै युवाका कथाव्यथाहरू यस गितमा प्रस्तुत गरेको देखिन्छ ।

गीतमा शब्द संगित,स्वर तथा संगित सयोजन भुपु पाण्डे स्वयम आफैको छ ।  उक्त गीत गायक पाण्डेले आफ्नो जन्मदिने आमाबाबुलाई समर्पित गर्दै बजारमा ल्याएका हुन् ।कारुनिक शब्द अनि संगीतले भरिएका यस्ता गीतहरू प्राय बिरलै सुन्न पाइने प्रतिक्रिया उनका स्रोता दर्शकले दिएका छन् ।

गीतको भाव अनुसार भिडियो पनि आकर्षक बनेको छ। गीतको भाव अनुसारनै पात्र अनि दृश्य भिडियोमा उतारिएको छ। भिडियोमा गायक पाण्डे, कमल गिरी, मिरज सेन ठकुरी, रवि राउत, सुर्या भाइ, अशोक गिरी लगायत फिचर्ड छन् ।

आफ्नै जन्मथलो दाङको देउखुरीमा छायाँकन गरिएको भिडियोलाइ पाण्डेले नै निर्देशन गरेका हुन् । योगेश दाहालले खिचेको उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने पवन सिंखडाले पोस्टर डिजाइन तथा ब्यवस्थापन गरेका छन् ।

गायक भुपु पाण्डेको अफिसियल युट्युब च्यानलबाट गितलाइ सार्वजनिक गरिएको छ ।  यो समाचार तयार पार्दासम्म उक्त गीतमा युट्युबमा एक लाख ७ हजार बढीले हेरिसकेका छन् ।

पुरा भिडियाे हेर्न याे लिङ्कमा क्लिक गर्नु हाेस ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे