LISTEN LIVE RADIO

कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल अडिसन फागुन १५ गते हुँदै



कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल अडिसन फागुन १५ गते हुँदै

कपिलवस्तु ११ फागुन । कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल अडिसन यही फागुन १५ गते बुद्व रङ्गशाला जितपुरमा सम्पन्न हुने भएको छ । मगर दिवसको अवसर पारी उक्त सोको तयारी तिब्र पारिएको ईभेन्ट डाईरेक्टर बिकी परियारले बताएका छन् ।

उक्त अडिसनका लागि चर्चित फिल्मी एक्टर नायक सौगात मल्ल, नाजेर हुसेन, बिन बस्नेतले सहभागीता जनाउने भएका छन् । मुल्यांकन तर्फ भने गायक, बिनोद बस्नेत, भुवन खड्का, श्रीधर अधिकारी रहनेछन् । सो रोचक र भब्य रुपमा सम्पन्न हुने आयोजकको दाबी गरेको छ ।

केबी डान्स स्टुडियो बुटवल एन्ड आर. के. एस ग्रुपको संयुक्त आयोजनामा भैरहेको सिङ्गिङ , डान्सिङ र मोडलिङ सो यतिबेला कपिलवस्तुको चार नम्बरमा परेको छ । पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ भन्दा बढि ईभेन्ट सो गरिरसकेको ईभेन्ट डाईरेक्टर परियारले बताए । उक्त सोका लागि बाणगंगा नगरपालिकाका स्कुलहरु मधय बाणगंगा माध्यमिक विद्यालय, हिलबर्ट बोर्डिङ, बालज्योती, होराईजन माध्यमिक विद्यालयबाट ३० जना प्रतियोगी सहभागी हुने बताइएको छ ।

प्रतियोगिलाई भोटिङ् र ट्यालेन्टको आधारमा छनोट गर्ने आयोजकले जनाएको छ । हाल भोटिङ् सिस्टम पनि खुला गरिसकिएको छ । सोका लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । डान्सिङ्गमा प्रथम हुनेले रु.१५ हजार म्युजिक भिडियो , सर्ट भिडियोमा खेल्न पाउने, लगायत गिफ्ट ह्यम्पर , साथै अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

त्यसैगरी गायन तर्फ प्रथम हुनेले गिफ्ट ह्यम्पर नगद, फोटोसुट, स्टेज प्रोग्राम, सर्ट मेकप क्लास दिने ईभेन्ट म्यानेजर युदिन खड्कीले जानकारी दिए । अन्य प्रतियोगीहरु मध्ये तृतीय र सान्त्वना हुने प्रतियोगीले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे