LISTEN LIVE RADIO

सिद्धबाबाधामलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख



सिद्धबाबाधामलाई धार्मिक पर्यकीय क्षेत्र बनाउन बृहत गुरुयोजना आवश्यक : सभामुख

बुटवल ११ बैशाख। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको बिकास गर्न गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले तिनाउ नदिमा जलासय निर्माण गरी जलासयमा आरतिको ब्यवस्था मिलाउन सकिने सम्भावना रहेको बताउनु भयो । ” यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ ।

” सिद्धबाबा मन्दिर बिकास समितीको आयोजनामा आज सामुहिक चौरासी पुजा महोत्सवको शुभारम्भ गर्दै उनले भने – सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन । सिङ्गो प्रदेशकै बिकासमा टेवा पुर्याउने छ ।” सभामुख घर्तीले नजिकैको रामापिथेकस, तिनाउ डयाम झरना , तिनाउ नदि किनारमा टे्किङ रुट जोडेर बृहत गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।

समितीले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष संचालन गरेको छ । त्यसैगरी कालीगण्डकीबाट ल्याइएको सालिग्राम दर्शनको लागि ब्यवस्था गरिएको समितीका अध्यक्ष सन्तोष लाल शेरचनले जानकारी दिए ।सन्तानेश्व धामका संरक्षक एव धर्म गुरु किशोर गौतमले कालीगण्डकीको सालिग्राम सिद्धबाबा मन्दिर प्राण प्रतिष्ठा गरे । उनले चिल्ड्रेन पार्क , सिद्ध गुफामा जाने सिढि निर्माण , भक्तजन आश्रम स्थल आदि गुरुयोजना बनाएर काम गर्ने बताउनु भयो । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको बताए । समितीका सदस्य एवं चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरि चौरासीपुजा गरिएको जानकारी दिए ।

आर्थिक अभावमा उमेर पुगेका कोहि पनि चौरासी पुजा गर्नबाट बन्चित हुन नपरोस् भनेर सामुहिक चौरासी पुजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पन्डित लक्ष्मी सापकोटाले जानकारी दिए । यसैबीच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नको लागि सरोकार वाला संग छलफल गरिएको छ । भेटि दानबाट बार्शिक १ करोड भन्दा बढी आम्दानी हुने समितीले जनाएको छ । इन्जिनियर बिनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा ब्यवस्थित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे