LISTEN LIVE RADIO

हरियाली सहकारीद्वारा बर्नहर्ट एकेडेमी लमहीका विद्यार्थीहरुलाई एक दिने वित्तीय साक्षरता प्रदान



हरियाली सहकारीद्वारा बर्नहर्ट एकेडेमी लमहीका विद्यार्थीहरुलाई एक दिने वित्तीय साक्षरता प्रदान
सिसहनियाँ ११ फागुन । दाङ—देउखुरीको राप्ती गाउँपालिका -५, सिसहनियाँ स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई एक दिने वित्तीय साक्षरता प्रदान गरेकाे छ । लमही नगरपालिकाको -१, सुनडबरी स्थित सिर्जनशील बृद्धाबृद्धा सेवा समिति आश्रमको सभाहलमा बर्नहर्ट एकेडेमी स्कूल लमहीका विद्यार्थीहरुलाई एक दिने वित्तीय सक्षरता तालिम प्रदान गरेकाे हाे ।
संस्थाकी शिक्षा उप-समिति संयोजक हरिकला पाण्डेको अध्यक्षता एवम् संस्थाका अध्यक्ष रेशमबहादुर थापाकाे प्रमुख आतिथ्यता तथा एकेडेमी प्रिन्सीपल सन्दिप पोख्रेलकाे बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा संस्थाका व्यवस्थापक उमेशकुमार चौधरीले सहकारी भनेको, आम्दानी खर्च, नीति नियम, ऋण र वचतबारे प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा एकेडेमीका ८५ जना विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एकेडेमीका कक्षा ७, ८ र ९ का विद्यार्थीहरु वित्तीय सक्षरता कार्यक्रममा सहभागी गराइएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे