LISTEN LIVE RADIO

लुम्बिनीमा जसपा सरकारबाट बाहिरियाे, कृषि मन्त्री अहिरद्वारा राजिनामा, समर्थन भने कायमै



लुम्बिनीमा जसपा सरकारबाट बाहिरियाे, कृषि मन्त्री अहिरद्वारा राजिनामा, समर्थन भने कायमै

भालुवाङ ९ बैशाख । जनता समाजवादी पार्टीबाट लुम्विनी सरकारमा बाहिरिएकाे छ । जसपाबाट सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारबाट बाहिरएकाे घाेषणा गर्नु भएकाे छ । मन्त्री अहिरले मन्त्री पदबाट राजिनामा दिंदै सरकारबाट बाहिरएकाे घाेषणा गर्नु भएकाे हाे ।

मुख्यमन्त्री जाेखबहादुर महराले दुई वटा मन्त्रालय दिने सात बुँदे लिखित सहमति गरेपनि पछिल्लाे समय उक्त सहमित उल्लंघन गरेकाे भन्दै सरकार बाट फिर्ता हुने निर्णय गरेको जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष असाेककुमार यादवले जानकारी दिए । सरकारवाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने अध्यक्ष यादवले बताए । मन्त्री अहिरले पार्टीको निर्णय अनुसार आफूले राजीनामा दिएको बताए ।

मुख्यमन्त्री र गठबन्धनका दलहरुले सहमति उल्लंघन गरेर गठबन्धनको मूल्य मान्यता र मर्म विपरीत गएकाले नैतिकता सिकाउन आफूहरु सरकार बाहिर रहेर पनि समर्थन गर्ने अहिरले बताए । जसपाका ३ सांसद छन् । यदि जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ । यद्यपी सरकारको स्थिरतामा भने अन्योलता पैदा भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे