‘श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिनेलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ’



‘श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिनेलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ’

काठमाण्डाै २२ मंसिर ।  काठमाण्डाै नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिँदै छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णकाे निधन भएको थियो ।

नायिका श्वेता चलिचत्रसँगै विभिन्न व्यवसायमा आबद्ध छिन् । नायिका श्वेताले आफ्नाे विवाहकाे पूर्वसन्ध्यामा फेसबुकमा एक लेख लेखेकी छिन् । उनले एकल जीवनमा सहयात्री पाएकाे र विवाह गर्ने निर्णयसम्म पुगेकाे बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ? मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई चार जनालाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पूरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केहीलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।

तर मप्रति सहानुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौँ शुभचिन्तकको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई/चार जनाले स्वत: हार खानेछन् ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे