नायिका स्वेता खड्काको आज विवाह (फाेटाे फिचर)



नायिका स्वेता खड्काको आज विवाह (फाेटाे फिचर)

काठमाडौँ  २२ मंसिर ।  अभिनेत्री स्वेता खड्काको सोमबार विवाह हुँदैछ । उनले विवाहकै दिन बेहुलाको तस्बिर सार्वजनिक गरेकी छन् । स्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्दै छिन् । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा हुन लागेको हो ।

उनले मेहन्दी र हल्दी कार्यक्रमको तस्बिर पोस्ट गरेर लेखेकी छन्, ‘मेहन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…। ’उनले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन् । उनको नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह भएको थियो । त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे