LISTEN LIVE RADIO

लमही महोत्सवमा रचना रिमालको जादुमय स्वरले तहल्का मच्चायो



लमही १६ माघ । सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रचना रिमालले लमही महोत्सवमा एकपछि आर्को गीत गाउँदै दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी छिन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको सोमवार पाँचौ दिन फोटो फिरिममा, बोलको गीतबाट आफ्नो प्रस्तुती दिन सुरु गरेकी गायिका रिमालले एक पछि आर्को गीत गाएर दर्शकहरुलाई छमछमी नचाएकी छिन् ।

गायिका रिमालले कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, हजुर मुसुक्कै, ढुंगे धारामा, खुट्टा तान्दै गर, पाउडर क्रिमले लगायतका गीत मार्फत दर्शकहरुलाई नचाउन सफल भएकी थिइन् । उनको गीतमा दर्शकहरुको हुटिङ र उनी सँगै नाच्न दर्शकहरु समेत तम्सिएका थिए । त्यस्तै उनले गीतमा विश्वकी दोस्रो होची महिला ईश्वरीमाया छिनाललाई पनि साथमा लिएर नचाएकी थिइन् । कार्यक्रमलाई थप रमाईलो वनाउनका लागि डान्सर सिर्जना गुरुङ र अनुष्का चौधरीका साथमा सगरमाथा डान्स ग्रुप नेपालगञ्ज तथा जिके डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुले दर्शकहरुको ध्यान खिचेका थिए ।

त्यसै गरि महोत्सवलाई सफल उद्घोषिका तथा गायिका उमादेवी खनालले पनि विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनाएकी थिइन् । हिजो अस्तिको तुलनामा दर्शकको उपस्थिति कम भएपनि सहभागी दर्शकहरूले नाचेर साथ दिएका थिए । यसै बीच महोत्सवमा मंगलवार चर्चित गायक कमल खत्री, लोक दोहोरी गायक ढाकाराम पौडेल, गायक, मोडेल तथा उद्घोषक विजय पुन, मोडेल नारायणी खत्री, डान्सर सोनिया परियार, कलाकार दिपक बर्मा, अनुप बुढा र सगरमाथा डान्स ग्रुप नेपालगञ्जको प्रस्तुती रहने मेला व्यवस्थापक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सवमा भोली सोमबार चर्चित गायिका रचना रिमाल लगायतका राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुति रहने छ भने कुशल कार्यक्रम संचालिका उमादेवी खनालले भोली पनि कार्यक्रम संचालन गर्ने छिन् ।

त्यस्तै महोत्सवमा प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् । महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ८० रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे