LISTEN LIVE RADIO

राप्तीको दाेस्राे गाउँसभाकाे दाेस्राे अधिवेशनकाे तेस्रो बैठक सम्पन्न, ४ वटा विधेयक पारित



भालुवाङ १६ माघ । दाङको राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाकाे दाेस्राे अधिवेशनकाे तेस्रो बैठक साेमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको छलफल तथा बैठकमा विभिन्न १३ओटा विधेयकहरु पेश भएकाे थियो । पेश भएका विधेयकहरु मध्ये ४ वटा विधेयक माथि दफाबार छलफल भई सर्वसम्मत रुपमा पारित भएका छन् भने बाँकी ९ वटा विधेयकहरु आगामी बैठकले निर्णय गर्ने गरि अध्यनकाे लागि समय दिईएको छ । साे छलफल तथा बैठकमा सभाका सदस्य सिताराम चाैधरीले पेश गरेकाे गाउँपलिकाकाे संस्था दर्ता विधेयक २०७९, गेमे खड्काले पेश गरेकाे कृषि व्यवसाय प्रबर्धन ऐन २०७५ काे संशोधन विधेयक २०७९, पहलमान चाैधरीले पेश गरेकाे स्वास्थ्य तथा सरसफाइ विधेयक २०७५ काे संशोधन विधेयक २०७९ र गिता चाैधरीले पेश गरेकाे आर्थिक ऐन २०७९ संशोधन सम्बन्धि विधेयक २०७९ सर्वसम्मत रुपमा पारित भएकाे छ ।

चम्फा भुसालले पेश गरेकाे सहकारी ऐन २०७५ काे संशोधन विधेयक २०७९, उमेश अधिकारीले पेश गरेकाे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७९, चन्द्र बहादुर गुरुङले पेश गरेकाे स्थानीय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७९, पार्वती सुवेदीले पेश गरेकाे तथ्यांक अभिलेख व्यवस्थापन विधेयक २०७९, शन्त बहादुर चाैधरीले पेश गरेकाे  स्थानीय औधाेगिक व्यवसाय सम्बन्धि विधेयक २०७९, रिमबहादुर सुनारी मगरले पेश गरेकाे एफ. एम. रेडियो सञ्चालन विधेयक २०७९, सावित्रा चाैधरीले पेश गरेकाे सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धि विधेयक २०७९, ददि बहादुर बराल मगरले पेश गरेकाे आकस्मिक कार्य सञ्चालन विधेयक २०७९ र राेशन चाैधरी पेश गरेकाे  बडघर प्रथा संरक्षण सम्बन्धि विधेयक २०७९ आगामी बैठकले निर्णय गर्ने गरि अध्ययनकाे लागि समय दिईएकाे छ।बैठक पुनः आगामी माघ २९ गते विहान १० बजे बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रबक्ता पहलमान चाैधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे