LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा ज्योतीको प्रस्तुती हेर्न उर्लियो राप्ती



लालमटिया महोत्सवमा ज्योतीको प्रस्तुती हेर्न उर्लियो राप्ती

भालुवाङ १८ चैत । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा सञ्चालित राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरको प्रस्तुती हेर्न आज जनसागर उर्लिएको थियो ।

महोत्सवको आठौं दिन कलाकारहरूले लालमटिया महोत्सव तताएका थिए । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा शुक्रबार देखि सुरू भएको महोत्सवमा आज शुक्रबार आठौं दिन चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरले भन्देउ नानी पानी हो कि जवानी, पिरतीमा दम छ, चोरी खाना पल्केको यो ढारे विरालो लगायतका गितबाट दर्शकहरूलाई नचाएकी थिइन् ।

उनको गितमा दर्शकहरूले हुटिङ गर्दै नाचेका थिए ।
त्यसै गरि महोत्सवमा लोक दोहोरी गायक तथा मोडेल संदिप न्याैपाने, गायक राजेन्द्र चाैधरी, डान्सर मुना मगर, गायक तथा उद्घोषक अनुप बुढा लगायतका कलाकारहरूले भरपुर्ण मनोरञ्जन दिएका थिए ।

महोत्सवमा अहिले सम्मकै ठुलो संख्यामा दर्शकको सहभागीता रहेको छ । आज महोत्सवमा करिव ५ हजार बढी दर्शकले अवलोकन गरेको महोत्सवमा करिव २ लाख ७५ हजार रूपैयाँ बराबरको कारोवार भएको कोषाध्यक्ष श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै बिच महोत्सवको नवाै दिन भोली चर्चित लोक दोहोरी गायिका राजु परियार, बाल गायिका कमला घिमिरे, गायिका तथा उद्घोषक सर्मिला अर्याल, डान्सर उषा विक सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे