LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर आउँदै



लालमटिया महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर आउँदै

भालुवाङ १५ चैत  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती  चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा आज शुक्रवार चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर आउन लागेकी छिन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा गत चैत ११ गते बाट सुरू भएको महोत्सव सुरु भएकाे हाे ।  मगर सँगै महोत्सवको आज आठौं दिन गायक तथा मोडेल संदिप न्याैपाने, गायक राजेन्द्र चाैधरी, गायिका तथा उद्घोषक सर्मिला अर्याल, डान्सर मुना मगर सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे