LISTEN LIVE RADIO

दाङमा लागू औषध खैरो हिरोइन सहित तीन जना पक्राउ



दाङमा लागू औषध खैरो हिरोइन सहित तीन जना पक्राउ

दाङ १८ चैत । दाङमा प्रहरीले लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार बेलुका ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित रुकुमेली ठाडाढुंगा नामक होटलबाट ३७० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका २ निवासी २५ वर्षिय अनिष डाँगी, तुलसीपुर उपमहानगरपालिका ५ निवासी १९ वर्षिय किरण बुढाथोकी र सोही वडा निवासी १८ वर्षिय सन्तोष बस्नेत रहेका छन् ।

तुलसीपुर ५ बसपार्कमा रहेको रुकुमेली ठाडाढुंगा होटलमा कोठा भाडामा लिई बसीरहेकाले लागूऔषध विक्रि वितरण गरि रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटि गएको प्रहरी टोलीले होटलको ७ नम्बर कोठाबाट ३७० मिलिग्राम खैरो हिराईनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद चार हजार, तीन थान मोबाईल सेट पनि बरामद गरेको छ । साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे