LISTEN LIVE RADIO

कुलेन्द्रले सालको पात टपरी बोलको गीत गाउँदा लालमटिया महोत्सवमा धुलो उड्यो



कुलेन्द्रले सालको पात टपरी बोलको गीत गाउँदा लालमटिया महोत्सवमा धुलो उड्यो

भालुवाङ १७ चैत । राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ मा आज साताै दिन पनि कलाकारहरूले भरपुर्ण मनोरञ्जन प्रदान गरेका छन् ।

दिउँसो गर्मीका कारण दर्शकको भिड साँझ मात्र हुँदै आएकाले आज बेलुकाको समयमा पछिल्लो समयका चर्चित लोकदोहारी गायक कुलेन्द्र विक र अर्की गायिका दुर्गा सापकोटाले लालमटियाका दर्शकलाई नचाएका छन्।

कुलेन्द्रले महोत्सव हेर्न आएका दर्शकलाई उपहारस्वरूप आफ्ना गित सुनाउँदै दर्शकलाई नचाएका हुन्। बेलुका ७:३० बजे सम्म चलेको कार्यक्रममा कुलेन्द्रले उपस्थित दर्शकलाई निरन्तर नचाउँदै रमाइलो गराएका थिए।

कुलेन्द्रले २०७५ सालमा चर्चामा रहेको लोकगीत सालको पात टपरी हुने हे बरै नहुने सल्लैको, बाटो छेकेर, जिम्बाल बाउको छोरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेंरीमा सहित आफ्ना एक दर्जन भन्दा बढी बहुचर्चित गीत गाउँदा महोत्सव स्थलमा धूलो उड्ने गरी दर्शक नाचेका थिए।

सालको पात टपरी हुने हे बरै नहुने सल्लैको बोलको गीतलाई दर्शकबाट पटक–पटक वान्स मोर आउँदा कुलेन्द्रले गीत दोहोर्याएर नगाई सुख्खै पाएनन्।

चैत महिनाको गर्मीयाममा कुलेन्द्रले गाएको गीतमा नाचेर पसिना चुहाएका दर्शकले उक्त गीत २ पटक दोहोर्याएर गाउन लगाएका थिए।  उनले गाएको गीतमा साथ दिँदै अतिथि समेत छमछमी नाचेका थिए ।

त्यसै गरि गायिका दुर्गा सापकोटाले जन्ती अगाडि पछाडि डोली चढेर, न्याउली फुल मायाले साधेको लगायतका गित गाएर दर्शकलाई नचाएकी थिइन् ।

त्यसै गरि डान्सर साहिर केसी सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा शुक्रबार देखि सुरू भएको महोत्सवमा बिहीबार आज साताै दिन करिव २ हजार ५ सय दर्शकले अवलोकन गरेको महोत्सवमा करिव १ लाख ३७ हजार ५ सय रूपैयाँ बराबरको कारोवार भएको कोषाध्यक्ष श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै भोली महोत्सवको आठौं दिन चर्चित लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगर, गायक तथा मोडेल संदिप न्याैपाने, गायक राजेन्द्र चाैधरी, गायिका तथा उद्घोषक सर्मिला अर्याल, डान्सर मुना मगर सँगै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे