LISTEN LIVE RADIO

सिसहनियाँमा नाप तौल गर्ने सामानको गुणस्तर चेकजाँच गर्न सुरू



सिसहनियाँमा नाप तौल गर्ने सामानको गुणस्तर चेकजाँच गर्न सुरू

सिसहनियाँ १७ चैत । देउखुरीको सिसहनियाँमा नाप तौल गर्ने सामानको गुणस्तर चेकजाँच तथा स्वीकृति दिने काम आज देखि सुरु भएको छ ।

सिसहनियाँ उद्योग वाणिज्य संघको पहलमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत नेपाल गुणस्तर तथा नापतौल विभागको टोली नेपालगन्जले संघमा आवद्ध ब्यवसायीहरुको नाप तौल गर्ने सामानको गुणस्तर चेकजाँच तथा स्वीकृति दिने काम सुरु गरेको हो ।

गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जका सहायक निरिक्षक बविता शर्माको नेतृत्वमा ४ जना कर्मचारीको टोलीले नापतौल चेकजाँच सुरू गरेका छन् । व्यापारीले व्यापारिक लेनदेन वा प्रचलनमा ल्याउने तौल तथा मात्राको परिमाण पहिचान गरि व्यापारिक लेनदेनमा प्रचलनमा ल्याइने वा त्यसरी प्रचलनमा ल्याउने अभिप्रायले राखिएको नाप, तौल र तौल्ने यन्त्र जाँच गराई टाँचा लगाउनु पर्ने भएकोले नापतौल विभागको टोलीलाई बोलाईएको सचिव मदन पोख्रेलले जानकारी दिएका छन् ।

लामो समय प्रयोगमा आउदा नाप तौल गर्ने सामाग्री घोटीने खीईने र बास्तविक तौलमा घटि बडि हुने भएकोले सरकारी निकाय वाट नाप तौल चेकजाँच गरि प्रमाणीत गर्ने गरिन्छ । जसले ब्यापारी र उपभोक्ता ठगीने डर हुदैन ।

व्यापारिक लेनदेनमा प्रचलनमा ल्याइने वा त्यसरी प्रचलनमा ल्याउने अभिप्रायले राखिएको सवै नाप्ने यन्त्र तथा सुन, चाँदी र मूल्यवान जवाहरातमा वा पेट्रोलियम पदार्थमा वा कारखानामा प्रयोग गरिने नाप, तौल र तौल्ने यन्त्र नियम बमोजिम जाँच गराई टाँचा लगाउनु पर्ने विभागको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे