LISTEN LIVE RADIO

ऋषि परियारको मेची- महाकाली उल्टो पैदलयात्रा पुरा



ऋषि परियारको मेची- महाकाली उल्टो पैदलयात्रा पुरा

दाङ १७ चैत । दाङ तुलसीपुर ३ रानागाउँका ऋषि परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा पुरा भएको छ ।

गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गर्नुभएका परियारले पश्चिम महाकालीको गड्डाचौकीमा पुगेर बिहिबार दिउँसो पौने १ बजे समापन गरेका छन् । उनले मेचीमहाकाली सम्मको एक हजार २४ किलोमिटर दुरी उल्टो हिडेर दुई महिना दुई दिनमा पुरा गरेका हुन् ।

उनले दुई महिनामा यात्रा पुरा गर्ने लक्ष्य राखेकोमा दुई दिन बढि समय लगाएर यात्रा पुरा गरेका छन् । देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ सुरु गरेका उनले स्वास्थ्यका लागी उल्टो पैदल यात्रा नारा दिएका थिए ।

सुरुमा यात्रा गर्दा साथ पाईन्नकी, बिचबाटो मै यात्रा रोकिन्छ की भन्ने चिन्ता थियो उनले भने, तर सबैको राम्रो साथ र सहयोग पाएर सफल भए । यात्राभर स्वास्थ्यले पनि राम्रो साथ दिएको बताए ।

सामान्य स्वास्थ्य समस्या बाहेक कुनै समस्या नभएको उनले बताए । यस्तैगरी तिन जोर चप्पल र तिन जोर कपडा बदलेको उनले बताए । कपडा भने यात्राको क्रममा ठाउँ र परिवेश संग मिल्दोजुल्दो बनाउने क्रममा फेरबदल भएपनि चप्पल भने हिड्ने क्रममा बदलेको उनले बताए ।

दुई महिना लामो यात्रा गर्ने अवधीभर चप्पल मात्रै प्रयोग गरेको उनले बताए । साथै उनले उल्टो पैदल यात्राको क्रममा खान र बस्नमा पनि आफ्नो पैसा खर्च नभएको बताए ।

जहाँ पुग्यो ,त्यहिका स्थानिय समाजसेवीहरुले खाना खुवाउने गरेको उनले बताए । सबैबाट राम्रो साथ र सहयोग पाएको हुदा आफु लक्ष्यमा पुग्न सफल भएको उनको भनाई छ ।

उनले आफ्नो यात्रामा सहयोग गर्ने आम नागरिक, सुरक्षाकर्मी, प्रशासन, संचारकर्मी तथा पत्रकार सबैमा धन्यवाद तथा आभार प्रकट गरेका छन् । उल्टो हिडेर पनि मेची महाकाली पुग्न सकिदो रहिछ भन्ने प्रमाणित गर्न पाएकोमा आफु ज्यादै खुशी भएको बताए ।

आगामी दिनमा पनि यसैगरी रचनात्मक काम गरेर देखाउने उनको अठोट छ । आफ्नो कला र क्षमताले गाउँ ठाउँदेखि देशलाई नै परिचित बनाउन महत्वपुर्ण सहयोग पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे