LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा कृष्ण रेउलेले दर्शक नचाए, पुर्खे बाले दर्शक हँसाए



लालमटिया महोत्सवमा कृष्ण रेउलेले दर्शक नचाए, पुर्खे बाले दर्शक हँसाए

भालुवाङ १५ चैत । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियाको टुडिखेलमा सञ्चालित राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ मा पाँचौ दिनमा पनि कलाकारहरुले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।

चर्चित लोक दोहोरी गायक कृष्ण रेउलेले आँधा दर्जन गीत गाएर दर्शकलाई छमछमी नचाएका थिए । उनको चर्चित गितहरु आज गाउँमा बिजुली चम्कियो, गाउँमा हल्ला चल्यो, भिरमा नजाउ जाक्केर मरौली, दिलको ढोका खुल्ला छ लगायतका गीत गाउँदा दर्शकहरुले नाचेर साथ दिएका थिए ।

त्यसै गरी महोत्सवमा हास्य कलाकार पुर्खे बाले विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई पेट मिचीमिची हसाएका थिए । विभिन्न व्यक्तिहरुलाई व्यङ्गे गर्दै गितको माध्यमबाट पनि उनले मनोरञ्जन दिएका थिए ।

त्यस्तै गायिका कल्पना अर्याल, गायिका तथा उद्घोषक राशी रिजाल, अनुप बुढा, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बरालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिएका थिए ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा शुक्रबार देखि सुरू भएको महोत्सवमा मंगलवार पाँचौ दिन करिव २ हजार ७ सय दर्शकले महोत्सव अवलोकन गरेका थिए भने करिव १ लाख ३५ हजार बराबरको कारोबार भएको महोत्सवका आर्थिक संयोजक श्रीधर खत्रीले जानकारी दिएका छन् ।

यसै बीच महोत्सवको छैठौ दिन चैत १६ गते बुधवार नेपाल टेलिभिजनबाट प्रसारित लोक दोहोरी च्याम्पिएनमा प्रथम भएका गायक प्रकाश पराजुली, लोक दोहोरी गायक राजेश भण्डारी, गायिका आरती रुचाल र गायिका तथा उद्घोषक शर्मिला अर्यालका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे