LISTEN LIVE RADIO

आवश्यकता हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय



आवश्यकता हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाण्डाै १६ चैत । सत्तारुढ दल नेपाली कांग्रेसले आवश्यकता र परिस्थिति हेरेर स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ । 

आज मङ्गलवार सकिएको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र हार/जितको परिस्थिति हेरेर सत्तारुढ दलसँग गठबन्धन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। केन्द्रीय सदस्यहरूको सुझावका आधारमा देशैभरि नभइ आवश्यक ठाउँमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिए । 

अहिले पनि देशका धेरै पालिकामा कांग्रेस नै बलियो रहेको र यसलाई अझै सहज र व्यापक बनाउन गठबन्धन आवश्यक रहेकोमा सबैजसो नेता र केन्द्रीय सदस्य सहमत भएको महतको भनाइ छ ।

स्थानीय तहमा उम्मेदवार चयन पार्टीको विधानमा प्रावधान र प्रक्रियाअनुसार अगाडि बढाइने पनि उनले बताए । तर नेता शेखर कोइराला समूहले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे