गायक जगदीश समालको ‘तिम्रो प्यारमा छुु’ सार्वजनिक (भिडियो सहित)



गायक जगदीश समालको ‘तिम्रो प्यारमा छुु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं २७ असोज । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गर्नुभउको हो।

रोमाण्टिक भर्सनको यस गीतमा एक प्रेमी जोडीको प्रेम र रोमान्सलाई भिडियोमा देखाइएको छ। म्युजिक भिडियोमा आकश श्रेष्ठ र निलम चन्द फिचर्ड छन् ।

सुन्दर ठाउँमा छायांकन गरिएको यस भिडियोलाई बुद्द थापाले छायांकन गर्नुभएको हो भने विकाश धमलाले सम्पादन गर्नुभएको हो। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको छ।

ओएस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

हेर्नुस् याे पुरा भिडियो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे