मोडलिङमा जम्दै प्युठानका शान्त शिशिर, जेठ ११ गते `बेसारे माया´ बाेलकाे म्युजिक भिडियाे सार्वजनिक हुँदै



मोडलिङमा जम्दै प्युठानका शान्त शिशिर, जेठ ११ गते `बेसारे माया´ बाेलकाे म्युजिक भिडियाे सार्वजनिक हुँदै

काठमाडाैँ १० जेठ । लोक तथा दोहोरी गायक कुशल शब्द सर्जक प्यूठानका शान्त शिशिर पछिल्लो समय आफू मोडलिङमा करियर देखेर हाम फालेका छन्। बिगत दुई दशक देखि सिर्जना र अभिनयमा रमाएर अमूल्य जीवन बिताएका शिशिर `बेसारे माया´ लिएर बजारमा आउने भएका हुन्।

यातना टेलीसिरियलमा सफल कलाकारको अभिनय गरेका शिशिरले सयौँ गीत एल्बमको ग्राफिक्स डिजाइन समेत गरेका छन्। भ्यू प्वाइन्ट प्रालिका प्रबन्धक समेत रहेका शिशिरले बेसारे मायामा निकै मेहनत गरेका छन्। दुई दशक देखि यही फिल्डमा सङर्घरत छु, अबको यात्रा मोडलिङ लाई फोकस गर्ने बिचार गरेको छु शिशिरले भने ।

उनले भने “मैले गित सङ्गितमै भविस्य देखेरनै यो फिल्डमा आएको हुँ ! श्रोता दर्शकको माया पाए मेरो कर्ममा सफलताको एउटा इट्टा थपिनेछ। “म्युजिक भिडियोमा नायिकाको रुपमा शिशिर लाई सन्चिता शाहीले साथ दिएकी छिन्। नवीन बाबू विश्वकर्माको मार्मिक शब्द रहेको बेसारे मायामा सङ्गीत स्वयं शिशिरले भरेका छन्।

बिक्रम परियार र अन्जु बिश्वकर्माको कर्णप्रिय आवाजमा सजिएको गीतको एरेन्ज हेमन्त शिशिर र मिक्सिङ सन्जय श्रीपालले गरेका छन्। निकै मेहनतका साथ निर्माण गरिएको म्युजिक भिडियो जेठ ११ गते शान्ता शिशिर युटुब च्यानल बाट सार्वजनिक गरिने निर्माण टिमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे