वर्तमान सरकारबाट जनताको परिवर्तन सम्भव छैन : सुवेदी



वर्तमान सरकारबाट जनताको परिवर्तन सम्भव छैन : सुवेदी

भालुवाङ ५ चैत्र । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेमनाथ सुवेदीले वर्तमान सरकार दलाल पुँजीवादी भारतीय विस्तारबादको एजेण्ड भएकोले यो सरकारबाट जनताको परिवर्तन सम्भव नभएको बताएका छन् ।नेकपा क्रान्तिकारी माओवादीका लुम्बिनी प्रदेश समितिले बिहिवार दाङको राप्ती गाउँपालिका १ भालुवाङमा आयोजना गरेको २३ औँ साँस्कृतिक प्रतिरोध दिवस तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेको सुवेदीले नेपालमा संसदीय व्यवस्था असफल भइसकेकोले अव नौलो जनवादी व्यवस्था आवश्यक रहेकाले फेरी एक पटक नेपाली जनताहरुले संघर्ष गर्नुपर्ने बताएका छन् ।पार्टीका प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमलाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा पोलिटव्युरो सदस्य केवी गुरुङ, अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रिय महासचिव धनेश्वर पोख्रेल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष पिताम्बर आचार्य, क्रान्तिकारी युवा महासंघका केन्द्रिय सदस्य दिलबहादुर कठायत, दलित क्रान्तिकारी महासंघका केन्द्रिय महासचिव तिलक बिक, प्रगतीशिल कलाकार सौगात शाह, अनेरास्वयु क्रान्तिकारीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश संयोजक महेश श्रेष्ठले सम्बोधन गरेका थिए । पार्टीका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज टिकाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निरज केसी समिरले गरेका थिए । कार्यक्रम सुरु हुनु अघि सयौंको संख्यामा रहेको नेता कार्यकर्ताले विभिन्न नारा लगाउँदै भालुवाङ पुल्चोक बजार परिक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे