देउखुरीकाे लमहीमा डान्सिङ्ग स्टारको फाइनल कार्यक्रममा लोकप्रिय देउडा गायक चक्र बम आउँदै



देउखुरीकाे लमहीमा डान्सिङ्ग स्टारको फाइनल कार्यक्रममा लोकप्रिय देउडा गायक चक्र बम आउँदै

लमही २ चैत्र । देउखुरीकाे लमहीमा डान्सिङ्ग स्टारको फाइनल कार्यक्रममा लोकप्रिय देउडा गायक चक्र बम आउँने भएका छन् । देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा १२ जना प्रतिपर्धिहरूको सहभागी रहेको डिटु–कला केन्द्र लमहीका संयोजक दिपक बर्माले जानकारी दिएका छन् ।

गायक तथा मोडेल चक्र बमको दर्जनौँ भन्दा पश्चिमेली देउडा गितले निकै चर्चा पाएको छ । छोटो समयमा दर्शकहरुको माया पाएका गायक तथा चर्चित मोडेल बमको पाहाडीया बिग्रीयो जाडको झोलमा, नाच भुन्टी नाच, बम्बई गैजाने, ओए काजल लगायत भन्दा बढी गित यतिबेला चर्चाको शिखरमा छन । कार्यक्रममा यासी थापा, स्मृति प्रधान, शिखा चौधरी, सपना विक, सुस्मिता कोइराला, प्रतीक्षा पोख्रेल, करिष्मा सुवेदी, सुरक्षा नेपाली, मनिषा पुन, अरूणीमा तामाङ र आम्दा आले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

फाईनलिष्ट कार्यक्रममा नेपालकै चर्चित गायक तथा मोडेल चक्र बम, आधुनिक गायक बिबस न्यौपाने, दाङका चर्चित कार्यक्रम प्रस्तोता एवम् गायक तथा मोडल अनुप बुढा लगायत स्थानीय कलाकारहरूको सहभागी रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रथम हुनेले पचास हजार बराबरको म्युजिक भिडियो, द्वतिय हुनेले तीस हजार र तृतीय हुनले बीस हजार बराबरको म्युजिक भिडियोमा खेल्ने अवसर पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे