रेडक्रसको अभियानलाई व्यापक बनाउनुपर्छ : केन्द्रिय उपाध्यक्ष कार्की



रेडक्रसको अभियानलाई व्यापक बनाउनुपर्छ : केन्द्रिय उपाध्यक्ष कार्की

भालुवाङ २ चैत्र । नेपाल रेडक्रस सोसाइटीकी केन्द्रिय उपाध्यक्ष सर्मिला कार्कीले रेडक्रस मानव सेवाका लागि बनेको शुद्ध सेवामुखी संस्था भएकोले अव नेपालमा रेडक्रसको अभियानलाई व्यापक बनाउनुपर्ने बताएकी छिन् । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको सोमवार दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा आयोजित तेस्रो वार्षिक साधारणसभालाई उद्घाटन गर्दै केन्द्रिय उपाध्यक्ष कार्कीले यस्तो बताएकी हुन् ।प्रमुख अतिथि समेत रहेकी कार्कीले बदलिदो समय अनुसार रेडक्रसको विधान निमार्ण गरी थप मजबुद भएर अघि बढ्ने प्रतिवद्धता जनाएकी छिन् । उनले कसैले पनि रेडक्रस प्रति पुर्वग्राही नहुन पनि आग्रह गरेकी छिन् । साथै उनले रेडक्रसले गर्ने कार्यक्रमको दायरा बढाउनु पर्ने, सेवाहरु थप विस्तार गर्नुपर्ने, युवाहरुलाई समेटर नेतृत्व दिनुपर्ने र गरिव निमुखा तथा सिमान्कृत वर्गको संस्था बनाउनु पर्ने बताएकी छिन् ।

रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद पोख्रेलको अध्यक्षतामामा भएको साधारणसभामा रेडक्रसका पुर्व केन्द्रिय उपाध्यक्ष अजितकुमार शर्मा, केन्द्रिय महामन्त्री पिताम्बर अर्याल, रेडक्रस प्युठान जिल्ला सभापती गुमानराज पुलामी, रेडक्रसका निवर्तमान केन्द्रिय सदस्यहरु नवलसिंह पुन, भगवती शर्मा, प्रोफेसर सुर्दशनप्रसाद नेपाल, रेडक्रसका केन्द्रिय सदस्य बाबुराम भट्टराई, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिकाकी उपप्रमुख देवका बेल्वासे, रेडक्रस केन्द्रिय तदर्थ समिति सदस्य महेन्द्रकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश पुर्वधार विकास कार्यालयका कार्यकारी अधिकृत धुव्र मज्गैया लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा रेडक्रसको उत्कृष्ट जिल्ला शाखाको रुपमा बाँके र दाङ जिल्लालाई सम्मान गरिएको थियो । भने महत्वपुर्ण सहयोग पु¥याउने तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकालाई पनि सम्मान गरिएको थियो ।

त्यसै गरी रेडक्रसको भवन निमार्णमा सहयोग गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम, कोभिड १९ का बेला महत्वपुर्ण सहयोग गरेको भन्दै कोभिड फोकल पर्सन विमल केसीलाई समेत सम्मान गरिएको थियो । सभामा वार्षिक प्रतिवेदन प्रदेश महासचिव कृष्ण पंगेनी र अध्यक्षको प्रतिवेदन प्रदेश अध्यक्ष शम्भुप्रसाद पोख्रेलले प्रस्तुत गरेका थिए । रेडक्रसका दाङ जिल्ला सभापती नारायण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रेडक्रसका प्रदेश महासचिव कृष्ण पंगेनीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे