राप्ती गाउँपालिकामा सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न



राप्ती गाउँपालिकामा सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

भालुवाङ १ चैत्र । राप्ती गाउँपालिकामा सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । युकेएआइडी, भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा माहुरीहोम कपिलबस्तुको सहज परियोजना अन्तरगत राप्ती गाउँपालिका क्षेत्रमा अधिकारहरुको संरक्षण, प्रबद्र्धन र विकास मार्फत सामाजिक न्याय, कानुनी राज्य र असल शासनमा आधारीत नेपाली समाजको स्थापनामा सेवारत मधेस मानव अधिकार गृह माहुरी होमको सहज परियोजनाले हाल सम्म गरेको कार्यको प्रशंसा गरिएको छ ।

सहज परियोजना सल्लाहकार समिति संयोजक एवं राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षतामा भएको बैठकमा माहुरी होमका कोषाध्यक्ष जयप्रकाश पाण्डे, इन्टरनेशनल अलर्टका कविराम बाँठा मगर, माहुरी होमकी कार्यक्रम संयोजक सुनिता पोख्रेल, सामाजिक परिचालक पुष्पा बञ्जाडे, मेलमिलाप कर्ता, निगरानी समुहका संयोजक, प्रहरी, महिला समुहका प्रतिनीधि तथा पत्रकार सहभागी बैठकले आगामी दिनमा पुन ः कार्यक्रम तथा क्रियाकलाप लागु गर्न माग गरिएको छ ।

राप्ती गाउँपालिकामा समुदाय र प्रहरी बीचको सम्वन्ध सुधार, हिंसा न्युनीकरणका लागि अभियान, हिंसा पीडितलाई संरक्षण, न्यायमा महिलाको पहँुच, चेतनामुलक होडिङ बोर्ड स्थापना, निगरानी समुहको क्षमता अभिबृद्धि कार्यक्रम, सामुदायिक अंकपत्रको माध्यमबाट सेवा प्रदायक र सेवाग्राहीलाई उत्तरदायी, न्यायीक समितिको क्षमता अभिबृद्धि कार्यक्रम, न्यायीक समितिको काम कार्वाही सञ्चालनमा सामाग्री सहयोग लगायतका काम प्रसंशनिय रहेकोले संस्थाले सो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव गरिएको छ । आगामी दिनमा संस्थाको कार्यक्रमको निरन्तरताको लागि पहल गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे