सरकारी स्कुल प्रतिको मोह बढाउन सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल पोसाक प्रदान



सरकारी स्कुल प्रतिको मोह बढाउन सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल पोसाक प्रदान

सिसहनियाँ १ चैत्र । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा रहेको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक प्रदान गरिएको छ । राप्ती गाउँपालिका ७ नम्बर वडा कार्यालयले विद्यार्थीको विद्यालय प्रतिको मोह बढाउदै शैक्षिक सुधार कार्यक्रमका लागि १ सय ८४ जना विद्यार्थीलाई १÷१ सेट स्कुल पोशाक उपलब्ध गराएको छ ।राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले विद्यार्थीको उज्वल भविष्य निर्माणमा अभिभावक, शिक्षक तथा सरकारको महत्वपुर्ण भुमिका रहेको बताउँदै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएको बताएका छन् । वडा नम्बर ७ को बार्षिक कार्यक्रम अन्तरगत विद्यालयहरुका बालबालिकाहरुलाई सरकारी बिद्यालयमा शिक्षाको सुअवसरको प्रत्याभुति गर्दै आम अभिभावकलाई सरकारी विद्यालय प्रति मोह बढाउन सहयोग पु¥याउने उदेश्यले विद्यार्थीलाई पोशाक प्रदान गरिएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

वडा नम्बर ७ को एक मात्र विद्यालय तथा राप्ती गाउँपालिकाको नमुना विद्यालयको रुपमा रहेको सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाका १ सय ८४ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराइएको शिक्षा शाखा संयोजक विश्वास विकले जानकारी दिएका छन् ।
पोसाक वितरण कार्यक्रममा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, विद्यालयका प्रधानाध्यापक घडिराम चौधरी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमलाल चौधरी, वडा सदस्य नित्यानन्द शर्माले विद्यार्थीलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्दै अध्यन अध्यापनमा सबैको लगाप आवश्यक रहेको बताएका थिए ।

क्षेत्रगत रुपमा थोरै क्षेत्रमा निश्चित भवनमा २०४१ सालमा स्थापना भएको सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाँका विद्यार्थीले माथिल्ला कक्षामा राम्रो स्थान हासील गर्दै गएको पाइएको छ । अंग्रेजी र नेपाली माध्यमबाट अध्यापन गरिदै आएको विद्यालयमा सरकारको साथै स्थानीय दाताहरुको सहयोगमा विद्यालय सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे