हार्डवयर व्यवसायी उपसमितिको संयोजकमा पुन : दयाराम पौडेल



हार्डवयर व्यवसायी उपसमितिको संयोजकमा पुन : दयाराम पौडेल

तुलसीपुर १ चैत्र । तुलसीपुर उद्योग वाणिज्य संघ हार्डवयर व्यवसायी उपसमितिको संयोजकमा पुन : दयाराम पौडेल चयन भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघ हार्डवयर व्यवसायी उपसमितिको सम्पन्न भेलाले पुन : पौडेल संयोजक रहेको ११ सदस्यीय हार्डवयर उपसमिती सर्वसहमतीले चयन गरेको हो ।

जसको सह संयोजकमा खम्बु ओली, नवराज रेग्मी, तेजबिक्रम घर्ती, सचिवमा वसन्त भण्डारी, कोषाध्यक्ष गोरख ओली रहेका छन् । त्यसै गरी सदस्यहरुमा देवराज कडेल, टिकाजंग खड्का, पवन भण्डारी, बिमल भण्डारी, उज्वल भट्टराई रहेका छन् । भेला हार्डवयर व्यवसायी उपसमितीका संयोजक दयाराम पौडेलको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य नवीन राईको प्रमुख आतिथ्यतामा भएको थियो । यसै बीच उपसमिति पुर्नगठन पछि बसेको कार्यसमितीको पहिलो बैठकले हार्डवयर व्यवसायी उपसमितीको सल्लाहकारमा पोषणराज रेग्मी, मिनराज ओली, भरतराज शर्मा र गोकर्ण गिरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे